Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाको प्रत्यक्ष प्रभाव: मापसे परीक्षणकाे लागि ट्राफिक प्रहरी द्विविधामा

    कोरोनाको प्रत्यक्ष प्रभाव: मापसे परीक्षणकाे लागि ट्राफिक प्रहरी द्विविधामा

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं  । नाेबेल कोरोना भाइरस (काेभिड–१९) को त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे परीक्षण पुनर्विचार गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण त स्थगित गरिसकिएको छ ।

    ब्रेथ लाइजरबाट नियमित हुँदै आएको मापसे परीक्षण पनि स्थगित वा नियमित गर्ने भनेर ट्राफिक प्रहरी द्विविधामा छ । यसलाई टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ ।



    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ ।  खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।



    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ । कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु भएको छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार