Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतमा जिप दुर्घटनाः तीनको मृत्यु, ४ जना गम्भीर घाइते

सुर्खेत। सुर्खेतमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि वीरेन्द्रनगर ल्याएको प्रहरीले जनाएको छ ।

जिपमा सात जना सवार रहेका थिए । कार्यालयका डिएसपी रबि रावलले जिप सडकबाट करिब चारसय मिटर तल खसेको जानकारी दिए । जिप अनियन्त्रित भए दुर्घटना भएको उनले बताए । अहिलेसम्म मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077