Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लहानबाट ६५२ केजी गाँजा बरामद, तीनजना पक्राउ

लहानबाट ६५२ केजी गाँजा बरामद, तीनजना पक्राउ

बिहिवार , श्रावण ७, २०८३

सिरहा । सिरहाको लहान नगरपालिका–३ बाट प्रहरीले नासपातीका क्रेटभित्र लुकाएर ओसारपसार गर्न लागिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले लहान–३ को नयाँ बस्ती टोलमा पार्किङ गरेर राखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गरेको थियो ।

जाँचका क्रममा नासपातीका क्रेटभित्र लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो । बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थको प्लास्टिकसहित तौल ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ ।

त्यससँगै गाडीमा रहेका नासपातीका ४६ वटा क्रेट (९,९२० केजी) समेत नियन्त्रणमा लिइएको छ।

घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्याम कुमारी साह, भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद पिकअप गाडी, गाँजा जस्तो देखिने पदार्थ तथा अन्य सामग्री नियन्त्रणमा लिएर पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077