Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा खैरो हेरोइनसहित तीन युवक पक्राउ

कैलालीमा खैरो हेरोइनसहित तीन युवक पक्राउ

शुक्रवार , फाल्गुण ८, २०८२

धनगढी । कैलाली प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार धनगढी उपमहानगरपालिका–१३ शिवटोलबाट ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २८ वर्षीय सन्तोष राना र २५ वर्षीय प्रदीप राना रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट संयुक्त रूपमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको हो।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

यस्तै, टिकापुर नगरपालिका–७ सुनाफाँटाबाट १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २४ वर्षीय बिरेन्द्र कडायत पक्राउ परेका छन् । उनी टिकापुर नगरपालिका–१ का बासिन्दा हुन् ।

प्रहरी चौकी कालाकुण्डा बाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077