Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङबाट भारतिय मिनि ट्रकबाट २१९ किलो गाँजा र १२० ग्राम अफिम बरामद

धादिङबाट भारतिय मिनि ट्रकबाट २१९ किलो गाँजा र १२० ग्राम अफिम बरामद

आइतवार , आश्विन २६, २०८२

धादिङ । धादिङमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । भारतिय नम्बर प्लेटको मिनि ट्रकमा लुकाएर लैजाँदै गरिएको करिब २१९ किलो गाँजा र १२० ग्राम अफिमजस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको हो ।

धादिङ प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४० बजे बेनिघाट रोराङ गाउँपालिका–९ खटौतीस्थित गोर्खाली होटेल अगाडि भएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी जोगिमाराबाट खटिएको टोलीले BR 01 GB 8653 नम्बरको भारतिय TATA मिनि ट्रक चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार ट्रकको क्याबिन पछाडि फल्स बटन बनाई, रातो प्लास्टिक र कालो डोरीले बेरेर ३० पोकामा गाँजा लुकाइएको थियो । ट्रकमा सवार दुई जना व्यक्ति सहित सवारी साधन पनि नियन्त्रणमा लिइएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक विकास थापाको नेतृत्वमा टोली खटिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077