काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो।
सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि गत चैतमा पनि उनी पक्राउ परेका थिए । विचौलिया दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका अग्रवाल यसअघि पनि २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट दिपक भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषयमा उनीमाथि अनुसन्धान भएको थियो ।
सोही प्रकरणमा अग्रवालका छोरा सुलभ पक्राउ परेपछि शंकरलाई भने आइतबार नै आवश्यक परेका बेला उपस्थित हुने सर्तसहित छाडिएको थियो ।