Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिपक भट्टसँग जोडिएका शंकरका छोरा सुलभको पासपोर्ट रोक्का, जुनसुकै बेला पक्राउ पर्न सक्ने

दिपक भट्टसँग जोडिएका शंकरका छोरा सुलभको पासपोर्ट रोक्का, जुनसुकै बेला पक्राउ पर्न सक्ने

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । व्यापारी दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेसँगै सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।

शंकर ग्रुप र दीपक भट्टका कम्पनीबीच सन्देहपूर्ण कारोबार पुष्टि भएपछि बिभागले छानविन गर्दै आएको थियो।  सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकरका छोरा समेत रहेका सुलभको राहदानी (पासपोर्ट) रोक्का गरिएको हो  ।

अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको बिभागका एक अधिकारीले वताए ।

सुलभले प्रयोग गर्दै आएका राहदानी नं. ११७७०६७४ र BA००१०३०९ रोक्का गरिएको छ। सुलभ  विदेश भाग्न  हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्पत्ति शुद्धीकरण बिभागले यात्रामा प्रतिबन्ध लगाएको  हो ।

व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण लगायतका आरोपमा पक्राउ परेपछि उनीसँग व्यावसायिक साझेदारी र आर्थिक सम्बन्ध रहेका अन्य ठूला घरानाका व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको छ ।

भट्ट शंकर ग्रुपका अभिन्न अंग हुन् । भट्टले शंकर ग्रुपलाई प्रयोग गर्दै अबैध आर्थिक कारोबार गर्दै आएका छन्। सुलभ अग्रवाल कोभिड-१९ महामारीको समयमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

उनले कुटनीतिक गाडीमा थर्मल गन बेच्दाबेच्दै पक्राउ परेका थिए। सुलभ अग्रवाल जेनजी आन्दोलनका क्रममा जलाइको हिल्टन होटेलका मालिक समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077