एजेन्सी । भारतमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता राहुल गान्धी सहित शीर्ष नेताहरू पक्राउ परेका छन् ।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै धर्ना बसेका बेला उनीहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हो ।
हिरासतमा लिइएकाहरूमा राहुल गान्धी सहित कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव छन्।
त्यस्तै, कांग्रेसका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी, सुखजिन्दर सिंह रन्धावा लगायतका नेतालाई पनि प्रहरीले हिरासतमा लिएको छ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र संसदमा नीट प्रकरणबारे छलफल माग गर्दै विपक्षी सांसदहरूले मंगलबार दिउँसोदेखि प्रधानमन्त्री निवास बाहिर घेराउ तथा धर्ना सुरू गरेका थिए।