Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

सोमवार , श्रावण ४, २०८३

एजेन्सी । एन्डी बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन्।

 बकिंघम प्यालेसमा भएको औपचारिक भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उनलाई नयाँ सरकार गठन गर्न आमन्त्रण गरेसँगै उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

बकिंघम प्यालेसले जारी गरेको विज्ञप्तिमा राजा चार्ल्सले सांसद एन्डी बर्नहमलाई नयाँ प्रशासन गठन गर्न अनुरोध गरेको र उनले उक्त प्रस्ताव स्वीकार गरेको उल्लेख गरिएको छ। त्यसपछि उनले प्रधानमन्त्री तथा फर्स्ट लर्ड अफ द ट्रेजरीको जिम्मेवारी सम्हालेका हुन्।

निवर्तमान प्रधानमन्त्री किएर स्टारमरले राजदरबार पुगेर औपचारिक राजीनामा बुझाएपछि बर्नहम बकिंघम प्यालेस पुगेका थिए। त्यसपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्नुअघि केही स्वाभाविक दबाब महसुस भएको भए पनि आफू यो जिम्मेवारीका लागि तयार रहेको बर्नहमले बताएका छन्। अब उनले नयाँ मन्त्रिपरिषद् गठन तथा मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनेछन्।

बर्नहम यसअघि पनि लेबर पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए, तर सफल हुन सकेका थिएनन्। उनी लामो समयसम्म ग्रेटर म्यानचेस्टरका मेयरका रूपमा कार्यरत थिए।

सन् १९७० मा जन्मिएका बर्नहमको पालनपोषण वारिङ्टन नजिकै भएको थियो। उनका बुबा ब्रिटिस टेलिकमका इन्जिनियर र आमा रिसेप्सनिस्ट थिइन्।

दुवै जना लेबर पार्टी समर्थक भएकाले उनको बाल्यकालदेखि नै राजनीतिप्रति रुचि बढेको बताइन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077