Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बुधवार , फाल्गुण २०, २०८२

एजेन्सी । बेलायतले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीका लागि विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’ लगाएको घोषणा गरेको छ ।

साथै अफगानिस्तानका नागरिकका लागि वर्क भिसा व्यवस्था पनि अन्त्य गरिएको छ ।

बेलायतले मंगलबार जारी गरेको विज्ञप्तिमा सन् २०२१ देखि २०२५ बीच यी चार देशका विद्यार्थीबाट गरिएको शरणार्थी आवेदनमा ४७० प्रतिशतभन्दा बढी वृद्धि भएको उल्लेख गर्दै भिसा प्रणालीको दुरुपयोग रोक्न असाधारण कदम चालिएको जनाएको छ।

गृह सचिव शबाना महमुदले भनिन्, “बेलायतले युद्ध र उत्पीडनबाट भागेर आएकालाई सधैँ शरण दिनेछ, तर हाम्रो भिसा प्रणालीको दुरुपयोग गरिनु हुँदैन। त्यसैले म हाम्रो उदारताको दुरुपयोग गर्न खोज्ने नागरिकलाई भिसा अस्वीकार गर्ने अभूतपूर्व निर्णय गर्दैछु।”

बेलायतमा आप्रवासन मुख्य राजनीतिक एजेन्डा बनेको छ । नयाँ नीति तत्काल लागू हुने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077