Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ईपीएस भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

ईपीएस भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि सञ्चालन हुने रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले नेपाल–दक्षिण कोरियाबीच भएको समझदारीअनुसार कुल ७ हजार २ सय जनाको माग आएपछि भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।

एचआरडी कोरियाका अनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालनमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग रहेको छ।

इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।

यसैगरी फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा नबसेको, नेपाल सरकारले विदेश जान रोक नलगाएको तथा ई–९ वा ई–१० भिसामा कोरियामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

यस्तै भाषा परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क लाग्नेछ। पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाइने व्यवस्था छ।

साथै, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्रै दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको स्पष्ट पार्दै अन्तिम चरणसम्म सफल भएका उम्मेदवारको नतिजा भने प्रकाशन भएको मितिले दुई वर्षसम्म मान्य रहने जनाएको छ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो। हाल कोरियामा एक लाख पच्चिस हारहारीमा नेपालीहरू कार्यरत रहेका छन्।

2.jfif

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077