Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाहरुद्वारा माइतीघरमा प्रदर्शन, पास गरेपछि लग्ने ग्यारेन्टी गर भन्दै नाराबाजी

ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाहरुद्वारा माइतीघरमा प्रदर्शन, पास गरेपछि लग्ने ग्यारेन्टी गर भन्दै नाराबाजी

सोमवार , जेठ ११, २०८३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरुले  प्रदर्शन गरेका छन्। 

भाषा परीक्षा उत्तीर्ण गरेर लामो समयसम्म रोस्टरमा रहँदा पनि दक्षिण कोरिया जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंस्थित माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौँ नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन्।

२०२२ देखि इपीएस प्रणालीमा अत्याधिक विद्यार्थी भाषा परीक्षा पास गराउने रणनीतिको कारण रोस्टरमा चाप वृद्धि भएको र कोरियालाई चाहिने आवश्यकता भन्दा तीन गुणा पास गराएर ३ तिहाईको १ तिहाई कोरिया लाने प्रवृतिको कारण रोस्टरमा पासरहरु अलपत्र पारेको उनीहरुको आरोप छ ।

8.jpg

कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा परे पनि श्रम सम्झौता ९लेबर कन्ट्र्याक्ट० नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ र नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलताका कारण धेरै युवा अझै जान नसकेको उनीहरूको गुनासो छ।

प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौँ समय खर्चिएको, तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरेको भए पनि रोजगारका लागि कोरिया जान नपाएको बताएका छन्। उनीहरूले सरकारले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन माग गरेका छन्।

साथै प्रक्रियामा ढिलाइ हुँदा पीडितले भोग्नुपरेको आर्थिकरमानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलित विद्यार्थीहरुका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १० हजारको हारहारीमा छ।

केहीदिन अघि मात्रै सन् २०२३ मा पास भएका कृषि र सिपका पासरहरुको फाइल कम्पनीमा एकचोटी पनि नपुगी २ वर्षको रोस्टर अवधि समाप्त भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077