Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कान्तिपुर सहकारीका सञ्चालक लामा पुनः पक्राउ

कान्तिपुर सहकारीका सञ्चालक लामा पुनः पक्राउ

मंगलवार , श्रावण ५, २०८३

मकवानपुर । कान्तिपुर सहकारीका सञ्चालक सीबी लामा पुनः पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका बेला डिल्लीबजार कारागारबाट फरार भएका लामालाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरेको हो ।

उनी लुकेर बसिरहेको सूचना पाएपछि खटिएको टोलीले पक्राउ गरेको बताइएको छ । 

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

लामालाई १८ जेठ २०८१ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077