Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

२० करोड बराबरको कोकिनसहित ठमेलबाट दुई विदेशी महिला पक्राउ

२० करोड बराबरको कोकिनसहित ठमेलबाट दुई विदेशी महिला पक्राउ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । प्रहरीले करिब २० करोड रुपैयाँ बराबरको कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोले ठमेलस्थित एक होटलबाट कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुलीलाई पक्राउ गरेको हो।

 उनीहरूको साथबाट ४ किलो २५८ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।

ब्युरोका अनुसार क्यासिडो कतार एयरवेजमार्फत कोलम्बियाबाट दोहा हुँदै नेपाल आएकी थिइन्। उनले होटलमा राखेको सुटकेसको फल्स बटम तथा ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाएर कपडाजस्तो बनाइएको अवस्थामा कोकिन लुकाइएको थियो।

प्रहरीले केही दिनदेखि निगरानीमा राखेपछि आइतबार क्यासिडोलाई पक्राउ गरेको थियो। सोही क्रममा कोकिन लिन होटल पुगेकी भारतीय नागरिक रेबिकालाई पनि नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार कोलम्बियाबाट नेपाल ल्याइएको कोकिन भारत लैजाने तयारी भइरहेको थियो। 

बरामद कोकिनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य करिब २० करोड रुपैयाँ रहेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर समूहले पछिल्ला वर्षहरूमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने प्रयास गर्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077