काठमाडौं । सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता कर’ तत्काल लागू नगर्ने निर्णयप्रति प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले निर्णयको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताएका छन्।
निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त करको भार थप्ने नीति उपयुक्त नहुने उनको भनाइ छ।
थापाले समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको उल्लेख गर्दै सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गरी उक्त निर्णय फिर्ता लिनु सही कदम भएको बताएका छन्।
साथै, उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया समयमै पूरा गर्न पनि उनले आग्रह गरेका छन्।
उनले बिजुलीमा लगाइएको भ्याटलगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै सरकारले आमनागरिकको भावना बुझ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी शिक्षा क्षेत्रमा लगाइएको ३५ समता करले गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो भन्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त कर तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।