Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

विवेक मण्डलको निधनप्रति गगन थापाद्धारा दुःख व्यक्त, सन्तानको शिक्षाको जिम्मेवारी लिने प्रतिबद्धता

विवेक मण्डलको निधनप्रति गगन थापाद्धारा दुःख व्यक्त, सन्तानको शिक्षाको जिम्मेवारी लिने प्रतिबद्धता

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। 

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै गएराति क्रममा मृत्यु भएको हो ।

सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले मण्डलको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्।

शोकको यस घडीमा आफू पीडित परिवारसँगै जनाउँदै उनले मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

थापाले मण्डलका सन्तानको शिक्षा–दीक्षाका लागि आवश्यक साथ र सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

उनले दुःखद क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।

उनले लेखेका छन्- 'विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २स्४० बजे भएको दुःखद निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्। यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।' 

मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि स्थानीयले उद्धार गरी प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो, जसका कारण उनको अवस्था अत्यन्तै जटिल बनेको थियो।

कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको मण्डलको उपचारकै क्रममा गएराति उनको निधन भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077