Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

लाइसेन्स विवादमा राजीव खत्रीले भ्रम फैलाएको मन्त्री थापाको आरोप, अभिव्यक्ति हटाउन आग्रह

लाइसेन्स विवादमा राजीव खत्रीले भ्रम फैलाएको मन्त्री थापाको आरोप, अभिव्यक्ति हटाउन आग्रह

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले रास्वपा सांसद राजीव खत्रीले ड्राइभिङ लाइसेन्ससम्बन्धी विषयमा दिएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै फिर्ता लिन तथा संघीय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

हिजो प्रतिनिधिसभा बैठकमा सांसद खत्रीले नयाँ ड्राइभिङ लाइसेन्स, वर्ग थप र नवीकरणका लागि स्वास्थ्य परीक्षण अनिवार्य बनाएर चलखेल गरिएको आरोप लगाएका थिए। 

त्यसको प्रतिक्रिया दिँदै मन्त्री थापाले उक्त अभिव्यक्ति संविधानविपरीत, कपोलकल्पित तथा प्रदेश सरकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका हुन्।

मन्त्री थापाले तीन तहका सरकारका अधिकार संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै संघीय संसद्का सदस्यले संविधानविपरीत अभिव्यक्ति दिएको आरोप लगाए। 

उनले सांसद खत्रीलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गर्दै अन्यथा सभामुखसमक्ष संसद्को रेकर्डबाट हटाइदिन अनुरोध गर्ने बताएका छन्।

'प्रतिनिधिसभा सदस्य माननीय राजीव खत्रीलाई संघीय संसद्को बैठकमा व्यक्ति संविधान विपरीतको आफ्नो अभिव्यक्ति फिर्ता लिने माग गर्दै छ। अन्यथा, संघीय संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष सारद अनुरोध गर्दै छ,' उनले भनेका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद खत्रीले नयाँ ड्राइभिङ लाइसेन्स, वर्ग थप र नवीकरणका लागि अनिवार्य गरिएको स्वास्थ्य परीक्षणको नाममा बिचौलियामार्फत सर्वसाधारणबाट चर्को शुल्क असुल भइरहेको दाबी गरेका थिए। 

उनले पहिले न्यून शुल्क लिइने सेवा अहिले १७५ रुपैयाँ पुर्‍याइएको, दैनिक लाखौँ रुपैयाँ र मासिक करोडौँ रुपैयाँ राज्यकोषमा नभई बिचौलियाको खल्तीमा जाने आरोप लगाउँदै बागमती प्रदेशका मुख्यमन्त्री र यातायात मन्त्रीमाथि निष्पक्ष छानबिनको माग गरेका थिए।

4.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077