Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

शंकास्पद गाडी पार्किङ प्रकरणबारे बोले मनिष झा – यस्तो बचपना देखाएर राजकाज चल्छ ?

शंकास्पद गाडी पार्किङ प्रकरणबारे बोले मनिष झा – यस्तो बचपना देखाएर राजकाज चल्छ ?

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले विभिन्न सञ्चारगृह तथा राजनीतिक नेताहरूको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै झाले सोमबार प्रमुख प्रतिपक्षी दलका नेताको निवास तथा विभिन्न सञ्चारगृहका गेटअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाले नागरिकमा त्रास सिर्जना गरेको बताएका हुन् । 

उनले राज्यको प्रमुख दायित्व नागरिकलाई सुरक्षा र विश्वासको प्रत्याभूति दिनु भएको उल्लेख गर्दै यस्तो गतिविधिले उल्टै नागरिकलाई आतंकित बनाएको आरोप लगाए ।

'सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैँ थप आतंकित बनाउने होइन,' उनले लेखेका छन्।

झाले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै यस्ता गतिविधिले लोकतान्त्रिक शासन प्रणाली र जनभावनाको अपमान गरेको टिप्पणी गरेका छन्।

“यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077