Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निजी क्षेत्र बलियो भएमात्रै देशको अर्थतन्त्र बलियो हुन्छ: सांसद झा

निजी क्षेत्र बलियो भएमात्रै देशको अर्थतन्त्र बलियो हुन्छ: सांसद झा

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्त्ता मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन्। 

शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले निजी क्षेत्र आर्थिक वृद्धिको प्रमुख आधार भएको उल्लेख गरेका हुन् ।

उनले निजी क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेन्ट इकोनोमीले स्थायित्वमा मद्दत पुग्ने बताए। 

उनले भने- 'जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ। त्यो भनेको प्रभाइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ। जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन।'

उनले सन् २०२६ को तथ्यांक प्रस्तुत गर्दै निजी क्षेत्रको अमेरिकामा साढे ४६ हजार खर्ब रुपैयाँ बराबर र चीनमा करिब ३० हजार खर्ब बराबरको ठूलो योगदान रहेको  बताए ।

त्यसैले छिमेकी देशहरूमा निजी क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको उनको भनाइ थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077