Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्पेशल टास्क फोर्स बनाएर सीमा क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाइने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्सले काम गर्ने बताए । 

उनले भने–‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं । गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दुःख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।

उनले भने–‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन । जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’

त्यहाँका जनताले धेरै नै दुःख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए । उनले कुनै कमजोरी भयो भने सुधार्दै लैजाने पनि बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077