Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न डीआईजी थपलियाको संयोजकत्वमा समिति गठन

गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न डीआईजी थपलियाको संयोजकत्वमा समिति गठन

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं ।  सरकारले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्नसमिति गठन गरेको छ ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङले गणेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराए ।

'डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा हामीले ५ सदस्यीय छानबिन समिति पनि गठन गरेका छौँ । ३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ महानगर प्रहरीलाई । यसमा हामी निष्पक्ष रुपमा छानबिन पनि गर्छौँ,' उनले भने ।

यसैगरी छानबिन तथा सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार उनको निधन भएपछि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक तातेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077