Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा धामी पक्राउ

१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा धामी पक्राउ

मंगलवार , आषाढ ३०, २०८३

धनगढी । १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक धनगढीमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धामीले २०८३ असार २४ गते ती बालिकालाई घरबाट अत्तरिया बोलाएर होटलमा राखी जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । 

उक्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो धामीलाई धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोक क्षेत्रबाट पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077