Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

रोशी खोलाको बहाव घटेपछि खुल्यो बीपी राजमार्ग, रोकिएका सवारी गन्तव्यतर्फ

रोशी खोलाको बहाव घटेपछि खुल्यो बीपी राजमार्ग, रोकिएका सवारी गन्तव्यतर्फ

मंगलवार , आषाढ ३०, २०८३

रामेछाप । रोशी खोलामा पानीको सतह घटेपछि सोमबार दिउँसोदेखि अवरुद्ध रहेको बीपी राजमार्ग मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

खोलामा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सोमबार दिउँसो राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। मंगलबार बिहान पानीको सतह घटेपछि सुरक्षा अवस्था मूल्याङ्कन गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । 

सडक खुलेसँगै राजमार्गका विभिन्न स्थानमा रोकिएका यात्रुवाहक, मालवाहक तथा अन्य सवारीसाधनहरू क्रमशः आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रहरीले अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेकाले चालकलाई उच्च सतर्कता अपनाउन, सीमित गतिमा सवारी चलाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

गत वर्ष रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077