Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

मिटरब्याज पीडितलाई भेट्न सिमरा आउँदै गृहमन्त्री गुरुङ, निजगढमै रोकियो ‘पैदल न्याय मार्च’ टोली

मिटरब्याज पीडितलाई भेट्न सिमरा आउँदै गृहमन्त्री गुरुङ, निजगढमै रोकियो ‘पैदल न्याय मार्च’ टोली

मंगलवार , आषाढ ३०, २०८३

जनकपुरधाम । जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरू गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता हुने भएपछि बाराको निजगढमै रोकिएका छन् ।

सोमबार राति निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा बास बसेका पीडितहरू मंगलबार बिहान पुनः ‘पैदल न्याय मार्च’ अघि बढाउने तयारीमा थिए ।

तर स्थानीय प्रहरीले गृहमन्त्री उनीहरूलाई भेट्न निजगढ आउन लागेको जानकारी दिएपछि यात्रा स्थगित गरिएको हो ।

मिटरब्याज पीडितहरूले आफ्ना मागको सुनुवाइ र न्यायको माग गर्दै असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका हुन्। उनीहरूको टोली सोमबार साँझ बाराको निजगढ पुगेको थियो।

पीडितहरूले मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन, दोषीमाथि कडा कारबाही गर्न र सरकारले विगतमा गरेका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077