Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

पहिरो हटेपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक, सावधानी अपनाएर यात्रा गर्न आग्रह

पहिरो हटेपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक, सावधानी अपनाएर यात्रा गर्न आग्रह

मंगलवार , आषाढ ३०, २०८३

चितवन । लगातारको वर्षा र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको देशकै व्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानदेखि भारी उपकरण र लोडर परिचालन गरी सडकमा थुप्रिएको पहिरो तथा लेदो हटाइएपछि बिहान ८ बजेदेखि दुवैतर्फ सवारी आवागमन सुचारु गरिएको हो ।

सडक खुलेसँगै रातिदेखि विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा मालवाहक, यात्रुवाहक र अन्य सवारी साधनहरू क्रमशः आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

यद्यपि सडक डिभिजन कार्यालयले जोखिम अझै पूर्ण रूपमा नहटेकाले चालकहरूलाई लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र सीमित गतिमा मात्रै सवारी चलाउन विशेष आग्रह गरेको छ।

यसअघि लगातारको भारी वर्षाका कारण तुइनखोलालगायत विभिन्न स्थानमा ढुंगा र लेदोसहित ठूलो पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सडकमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको थियो।

सडक पुनः सञ्चालनमा आए पनि मौसम अझै प्रतिकूल रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। ्

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077