Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री गुरुङ

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री गुरुङ

मंगलवार , आषाढ ३०, २०८३

बारा । मिटरब्याज पीडितसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बाराको निजगढ पुगेका छन्।

गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा पुगेपछि त्यहाँबाट स्थलमार्ग हुँदै निजगढ आइपुगेका हुन् ।

निजगढ पुगेलगत्तै उनले ‘पैदल न्याय मार्च’मा सहभागी मिटरब्याज पीडितहरूसँग छलफल सुरु गरेका छन्।

मिटरब्याज पीडितहरू न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका छन् । उनीहरूको टोली सोमबार साँझ निजगढ पुगेको थियो।

मंगलबार बिहान पैदल यात्रा पुनः सुरु गर्ने तयारीमा रहेका पीडितहरूलाई गृहमन्त्री भेट्न आउने जानकारी स्थानीय प्रहरीले दिएपछि उनीहरूले यात्रा स्थगित गर्दै निजगढमै बसेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077