Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘नेपाली ब्रो’ माथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री गुरुङको माग, बालाजु पुगेर भेटे मृतककी आमा

‘नेपाली ब्रो’ माथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री गुरुङको माग, बालाजु पुगेर भेटे मृतककी आमा

शनिवार , जेठ २३, २०८३

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ बालाजु प्रहरी वृत्त पुगेका छन् ।

नेपाली सेनामा कार्यरत गोरखा निवासी ईश्वरी भुजेलको गएराति हत्या भएपछि गुरुङ घटनाबारे बुझ्न प्रहरी कार्यालय पुगेका हुन् ।

गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले शुक्रबार राति १०स्१० बजे भुजेलमाथि फलामको रड प्रहार गरेका थिए ।

रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

गुरुङले प्रहरीसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

सोही क्रममा गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिनुका साथै समवेदना समेत व्यक्त गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077