Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रकम चोरीको आरोपमा गेस्ट हाउसभित्रै युवतीको हत्या, दुई जना पक्राउ

रकम चोरीको आरोपमा गेस्ट हाउसभित्रै युवतीको हत्या, दुई जना पक्राउ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका– २६, मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको एक कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे होटेलको चौथो तलाको कोठामा कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी निशा सुनुवार मृत अवस्थामा फेला परेकी थिइन् ।

गेस्टहाउसको पलङभित्र शव रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा दैलेखको डुंगेश्वर गाउँपालिका– ६ घर भई हाल काठमाडौं महानगरपालिका– ३ महाराजगन्ज बस्ने २७ वर्षीय रमेश बुढा तथा जुम्लाको चन्दननाथ गाउँपालिका– १ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार रमेशले सुनुवारको हत्या रकम चोरीको रिसमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा भेटिएकी निशा सुनारले रमेशलाई गेस्टहाउसमा लगेर उनीसँग रहेको करिब १ लाख रुपैयाँ चोरी गरेकी थिइन्।  त्यसपछि उनी साथी दानबहादुरसँग भेटेर निशाको खोजीमा निस्किएका थिए।

त्यसको भोलिपल्ट रमेशले पुनः निशालाई भेटेर दानबहादुरले बुक गरेको होटलमा लगेका थिए। 

होटलमा लगेर रकम चोरीको विषयमा विवाद भएपछि उनले कम्मरको पेटीले घाँटी कसी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

हत्यापछि शव पलङभित्र लुकाइएको थियो। केही दिनपछि कोठाबाट दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले घटनामा संलग्न दुवैजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

यद्यपी, प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दानबहादुरलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेपनि घटनाका मुख्य आरोपी रमेश नै रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077