Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्बन्ध विच्छेदपछि फेरि एउटै घर, अन्ततः श्रीमतीकै हातबाट श्रीमानको हत्या

सम्बन्ध विच्छेदपछि फेरि एउटै घर, अन्ततः श्रीमतीकै हातबाट श्रीमानको हत्या

बुधवार , जेठ ६, २०८३

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका–५ मा घरमै मृत फेला परेका ४५ वर्षीय लिलाराम सुनारको हत्या उनकी पूर्वपत्नी यशोदा सुनारले नै गरेको खुलेको छ ।

सोमबार बिहान लिलारामको हत्या भएको भन्दै यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् । तर घटनापछि गरिएको प्रारम्भिक अनुसन्धान र बयानका क्रममा हत्या उनैले गरेको पुष्टि भएको हो । 

प्रहरीका अनुसार दुवैबीच आपसी विवाद चर्किएपछि लिलारामले चक्कु देखाउँदै “मारिदिन्छु” भन्दै धम्की दिएका थिए । त्यसक्रममा यशोदाले चक्कु खोसेर प्रहार गर्दा लिलारामको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार यशोदाले बयानमा श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन्।

अनुसन्धानमा दुवैबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको खुलेको छ। सम्बन्ध विच्छेदपछि अलग बसे पनि पछिल्लो समय लिलारामको खुट्टा भाँचिएपछि हेरचाह गर्न भन्दै यशोदा पुनः उनकै घरमा बस्न थालेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले घटनाबारे थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077