धनगढी । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला परेकी छन् ।
कैलाली प्रहरीका अनुसार कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी हुन् ।
शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।