कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीमा ५२ वर्षीय कालुराम जैशी मृत अवस्थामा फेला परेका छन्।
उनी सोही नगरपालिकाको वडा नम्बर ३ का बासिन्दा हुन्।
बिहीबार साँझ मृत अवस्थामा फेला परेका जैशीको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।