Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अछाममा मृत भेटिइन् महिला वडा सदस्य, सामाजिक सञ्जालमा भाइरल थियो भिडियो

अछाममा मृत भेटिइन् महिला वडा सदस्य, सामाजिक सञ्जालमा भाइरल थियो भिडियो

आइतवार , जेठ ३१, २०८३

अछाम । अछामको ढकारी गाउँपालिका–४ बलातामा हराइरहेकी एक महिला जंगलमा मृत भेटिएकी छन् ।

शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी ढकारी–४ बलाता निवासी ३५ वर्षीया मनिषा देवी साउँद खोजीका क्रममा मृत जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मनिषको परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलिया सहित निवेदन दिएपछि प्रहरी टोली र स्थानीयवासी मिलेर खोजतलास सुरु गरेका थिए ।

खोजीका क्रममा आज साँझ करिब ४ः५० बजे उनी घरदेखि करिब ५०० मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको अछाम प्रहरीका सूचना अधिकारी अधिकारी रुद्र कँडेलले जानकारी दिए ।

घटनास्थललाई सुरक्षित राखिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक दिनेश प्रसाद रिमालकोको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको छ ।

प्रहरीले घटनाको वास्तविक कारण खुलाउन विस्तृत अनुसन्धान थालेको छ । उनी वडा सदस्य समेत रहेको खुलेको छ । उनीसँग सम्बन्धित भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल रहेको थियो ।

अर्का व्यक्तिसँग रंगेहात समातिइन् भनेर भिडियो भाइरल गरिएको थियो । सोही कारण उनले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077