Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोरीको आरोपमा हिरासतमा रहेका युवक शौचालयभित्र मृत भेटिए

चोरीको आरोपमा हिरासतमा रहेका युवक शौचालयभित्र मृत भेटिए

सोमवार , मंसिर २९, २०८२

काभ्रे । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन् ।

काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङ हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार उनलाई चोरीको आरोपमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना थाहा पाएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको मृतकका आफन्तहरूलाई खबर गरी कार्यालयमा बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077