Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओली-प्रचण्ड वार्तापछि सहकार्यको प्रक्रिया अघि बढ्यो : महेश बस्नेत

ओली-प्रचण्ड वार्तापछि सहकार्यको प्रक्रिया अघि बढ्यो : महेश बस्नेत

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र नेकपाबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको महत्त्वपूर्ण वार्तापछि दुई दलबीच नयाँ राजनीतिक समझदारीको वातावरण बनेको उनले बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले सहकार्यको प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी अध्यक्ष प्रचण्डले नै दिएको उल्लेख गरेका छन्। उनले यसलाई नेपाली राजनीतिमा सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।

बस्नेतले एमाले–माओवादीबीचको सहकार्य प्रदेश सरकार गठन वा सत्ता समीकरणमा मात्र सीमित हुन नहुने धारणा राख्दै यसलाई मुलुकको दीर्घकालीन हित, राजनीतिक स्थायित्व र वामपन्थी शक्तिहरूबीचको बलियो एकताका लागि अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

उनका अनुसार वामपन्थी शक्तिहरूबीचको सहकार्यले मात्र देशमा स्थिर सरकार, नीति निरन्तरता र समृद्धिको यात्रालाई गति दिन सक्छ। त्यसैले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राख्दै सहकार्यलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077