Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

दसैँपछि बालेनविरुद्ध ठूलो आन्दोलन हुन्छ, मंसिरभन्दा अघि नै सरकार ढल्छ : महेश बस्नेत

दसैँपछि बालेनविरुद्ध ठूलो आन्दोलन हुन्छ, मंसिरभन्दा अघि नै सरकार ढल्छ : महेश बस्नेत

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नेतृत्वविरुद्ध दसैँपछि व्यापक आन्दोलन हुने दाबी गरेका छन्।

उनले एमालेसहित विभिन्न राजनीतिक शक्तिहरू आन्दोलनको तयारीमा रहेको बताउँदै बालेनको नेतृत्व मंसिर महिनासम्म पनि टिक्न नसक्ने दाबी गरे।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भने, “दसैँपछि बालेनविरुद्ध ठूलो विद्रोह हुन्छ। एमालेलगायतका दलहरूले आन्दोलनको घोषणा गर्ने तयारीमा छन्। मलाई लाग्छ, मंसिरभन्दा बढी बालेन सरकार टिक्दैन।”

बस्नेतले महानगरको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सुकुम्बासी बस्ती हटाउने निर्णयले गरिब नागरिकमाथि अन्याय भएको आरोप लगाए।

उनका अनुसार सिंहदरबार आसपासका सुकुम्बासी बस्ती हटाउँदा सयौं परिवार वर्षायाममै घरबारविहीन बनेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077