Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

बादल र पोखरेललाई एमाले पुनर्गठन प्रतिवेदन तयार पार्ने जिम्मा

बादल र पोखरेललाई एमाले पुनर्गठन प्रतिवेदन तयार पार्ने जिम्मा

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलले देशभरिबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ ।

बिहीबार बसेको कार्यदल बैठकले प्रतिवेदनको मस्यौदा तयार गरी कार्यदलमा प्रस्तुत गर्ने जिम्मा उनीहरूलाई सुम्पिएको हो ।

एमाले सचिव शेरधन राईका अनुसार बादल र पोखरेलले तयार पारेको प्रतिवेदन पहिलो चरणमा कार्यदलमा छलफल हुनेछ। त्यसपछि सचिवालय हुँदै केन्द्रीय कमिटीमा पेस गरिनेछ।

बैठकमा महासचिव तथा कार्यदलका सदस्य–सचिव शंकर पोखरेलले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन अभियानबाट प्राप्त प्रतिवेदनबारे विस्तृत जानकारी गराएका थिए।

उनले अभियान सफलतापूर्वक सम्पन्न भएको र प्राप्त सुझावलाई समेटेर पार्टी पुनर्गठनको खाका तयार गरिने बताए।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउने, वैचारिक स्पष्टता कायम गर्ने तथा संगठनलाई नयाँ ढंगले रूपान्तरण गर्ने कार्ययोजना बनाउन निर्देशन दिएका थिए।

उनले पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणलाई केन्द्रमा राखेर पुनर्गठन अभियान अघि बढाउन आग्रह गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने गरी प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन दिए।

कार्यदलले सुझाव संकलन अभियान सफल बनाउन भूमिका निर्वाह गर्ने सबै समिति, नेता–कार्यकर्ता तथा सुझाव दिने सहभागीप्रति धन्यवाद पनि ज्ञापन गरेको छ।

यसैबीच, बैठकले सुझाव संकलन अभियानकै क्रममा व्यस्त रहेका पार्टी उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएको भन्दै त्यसको निन्दा र भर्त्सना गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077