Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सरकारले पार्टीप्रति पूर्वाग्रही गतिविधि गरिरहेको एमालेको निष्कर्ष, विष्णु पौडेललाई तत्काल रिहा गर्न माग

सरकारले पार्टीप्रति पूर्वाग्रही गतिविधि गरिरहेको एमालेको निष्कर्ष, विष्णु पौडेललाई तत्काल रिहा गर्न माग

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । नेकपा एमालेले सरकारले पार्टीप्रति पूर्वाग्रही र लक्षित ढंगले गतिविधि गरिरहेको निष्कर्ष निकालेको छ ।

मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकपछि एमालेले सो निष्कर्ष निकालेको हो ।

पार्टीले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेल को गिरफ्तारीलाई गैरकानूनी, प्रतिशोधमूलक र पूर्वाग्रही कदम भएको दाबी गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ ।

बैठकबारे आज जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारका गतिविधिहरू एमाले केन्द्रित भएर पूर्वाग्रही रूपमा अघि बढाइएको आरोप लगाए ।

भट्टले भने- 'उपाध्यक्ष विष्णुप्रसाद पौडेल काठमाडौँ आउने टिकट लिएर आउँदै हुनुहुन्थ्यो। तर, हिजो नै सुर्खेतमा उनलाई गिरफ्तार गरियो। जुन निकायले पक्राउ गर्‍यो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ। त्यसैले यो प्रक्रिया कानुनसम्मत छैन।'

सुर्खेतमा एक कार्यक्रममा सहभागी भएका उपाध्यक्ष पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र उक्त विषय नपर्ने उनको दाबी छ ।

उनका अनुसार अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै हिरासतमा राख्ने आदेश दिएको भए पनि उक्त निर्णय अपेक्षित र न्यायोचित नभएको पार्टीको निष्कर्ष छ ।

एमालेले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई यस्ता गतिविधि तत्काल रोक्न र पौडेललाई बिना शर्त रिहा गर्न माग गरेको छ । साथै, आवश्यक परेमा कानुनी लडाइँका अतिरिक्त थप राजनीतिक कदमबारे समयानुकूल निर्णय लिने उनले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077