Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमाले पुनर्गठन कार्यदलको बैठक जारी, ओली पनि सहभागी

एमाले पुनर्गठन कार्यदलको बैठक जारी, ओली पनि सहभागी

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नेकपा एमाले पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, महासचिव शंकर पोखरेलसहितका नेता सहभागी छन् ।

जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।

बादलको नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077