Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आजदेखि एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु हुँदै, उद्‌घाटन गर्दै अध्यक्ष ओली

आजदेखि एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु हुँदै, उद्‌घाटन गर्दै अध्यक्ष ओली

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेकपा एमालेले आफ्नो संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु गर्दैछ ।

केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि सुरु हुने कार्यशाला भोलिसम्म सञ्चालन हुनेछ।

एमाले सचिव महेश बस्नेतका अनुसार बुधबार बिहान ११:०० बजेदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना हुँदैछ।

कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने समेत उनले जानकारी दिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमाले अध्यक्ष ओली सार्वजनिक रूपमा सहभागी हुन लागेको यो नै पहिलो औपचारिक कार्यक्रम हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077