काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप तयार गरेको छ ।
आज दिउँसो १ बजे पार्टी कार्यालयमा च्यासलमा नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक हुनेछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वेबसाइट तथा एपको सार्वजनिकीकरण गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित नेताहरु पनि सहभागी हुनेछन्।