Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गरे ५ प्रतिशत भ्याट लाग्ने

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गरे ५ प्रतिशत भ्याट लाग्ने

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ । प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ।

सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन। त्यसभन्दा माथिको खपतमा लाग्ने विद्युत् महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।

यस व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या ३० लाखभन्दा बढी छ।

त्यस्तै ५१ देखि १५० युनिटसम्म खपत गर्ने करिब १२ लाख घरधुरी र १५१ देखि २५० युनिटसम्म खपत गर्ने करिब दुई लाख ५० हजार घरधुरी नयाँ व्यवस्थाबाट प्रभावित हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077