Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् प्राधिकरणमा २६६ जनाका लागि जागिर खुल्यो, माघ १० सम्म आवेदन

विद्युत् प्राधिकरणमा २६६ जनाका लागि जागिर खुल्यो, माघ १० सम्म आवेदन

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्म २६६ पदमा दरखास्त आह्वान गर्दै आवेदन फाराम खुलाएको हो।

प्राधिकरणका अनुसार अधिकृतस्तरतर्फ सह–निर्देशकदेखि वातावरणविदसम्म १३२ जना कर्मचारी भर्ना गरिनेछ। यस्तै, सहायकस्तरतर्फ मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना माग गरिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया, योग्यता तथा छनोटसम्बन्धी विस्तृत विवरण प्राधिकरणको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077