Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कीर्तिपुरमा कारभित्र जलेका श्रेष्ठले आत्मदाह गरेको अनुसन्धानबाट खुल्यो

कीर्तिपुरमा कारभित्र जलेका श्रेष्ठले आत्मदाह गरेको अनुसन्धानबाट खुल्यो

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ नरदेवीका श्रेष्ठ मंगलबार बिहान आफ्नै कार लिएर कीर्तिपुर–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए। 

खाली जग्गामा कार पार्क गरेलगत्तै कारभित्रैबाट आगो लागेको देखिएको सिसिटिभी फुटेज र घटनास्थलको अनुसन्धानबाट उनी आफैंले आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्मको अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता देखिएको छैन। 

आगो नियन्त्रणमा लिएपछि प्रहरीले श्रेष्ठलाई चालक सिटमै मृत अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार औषधि व्यवसायी रहेका श्रेष्ठ पछिल्लो समय आर्थिक समस्याका कारण तनावमा रहेका थिए। 

शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिँदै छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077