Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरको एक विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुरको एक विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त

बिहिवार , जेठ २१, २०८३

भक्तपुर । भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिका अनुसार आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको हुन् । 

आगलागीबाट करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान छ ।

हाल जलेका सामग्री हटाउने र सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

क्षतिको विस्तृत विवरण संकलन जारी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077