Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सशस्त्र प्रहरी मुख्यालयमा आगलागी, निभाउने प्रयास जारी

सशस्त्र प्रहरी मुख्यालयमा आगलागी, निभाउने प्रयास जारी

बुधवार , जेठ २०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को हलचोकस्थित मुख्यालयमा आगलागी भएको छ । मुख्यालय परिसरभित्र रहेको किचन (भान्सा) क्षेत्रमा अचानक आगो लागेको हो । आगो लागेपछि सुरक्षा निकाय र दमकल परिचालन गरिएको छ ।

प्रहरीका अनुसार आगलागी मुख्यालयको किचनबाट सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको टोली खटिएको छ।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन । विद्युत् सर्ट, ग्यास चुहावट वा अन्य कुनै प्राविधिक कारणले आगलागी भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077