Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चोभारमा बस, ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किए

चोभारमा बस, ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किए

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । काठमाडौंको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ।

दुर्घटनामा ट्यांकर पल्टिएको छ भने बस र मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो। हाल पल्टिएको ट्यांकर हटाउने काम भइरहेका कारण सडक एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको वा नभएकोबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनाको कारण खुलाउन तथा क्षतिको यकिन विवरण संकलन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077