Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'क्रिश्चियन धर्मको प्रचारक' भन्दै जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङसहित कार्यकर्ता

'क्रिश्चियन धर्मको प्रचारक' भन्दै जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङसहित कार्यकर्ता

मंगलवार , श्रावण ५, २०८३

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई आइतबार जनकपुरधामस्थित जानकी मन्दिर प्रवेश गर्न नदिएपछि केहीबेर तनावको स्थिति सिर्जना भएको छ।

प्रहरीका अनुसार साम्पाङ बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुगेका थिए। तर उनी पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा धकेलाधकेल भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकिएको हो।

हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै मन्दिर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो। सोही कारण बिहानैदेखि मन्दिर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सम्भावित झडप रोक्न दुवै पक्षलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाइएको जनाएको छ। घटनापछि केही समय मन्दिर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो।

घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्- 'गाई कसले खाएको रैछरु गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें१ यो कसले कस्तो राजनीति गर्न खोजेको रैछरु जय जानकी मन्दिर !'

यसअघि उनले अर्को स्टाटसमा ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !’ लेख्दै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077