Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कीर्तिपुरमा कारमा भीषण आगलागी, चालक गाडीभित्रै जलेको आशंका

कीर्तिपुरमा कारमा भीषण आगलागी, चालक गाडीभित्रै जलेको आशंका

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एक निजी कारमा भीषण आगलागी भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब ११:३० बजे बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको हो।

प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिकलाई खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका छन्। आगो निभाउने प्रयास जारी रहे पनि गाडीको ढोका खोल्न नसकिएको र भित्र बाक्लो धुवाँ भरिएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार चालक गाडीभित्रै जलेको अवस्थामा देखिएका छन्। गाडीमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषय भने अझै यकिन हुन सकेको छैन।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण तथा उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077