Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सशस्त्र प्रहरी हेडक्वार्टर आगलागी घटना: छानबिन गर्न डीआईजी थापाको नेतृत्वमा समिति गठन

सशस्त्र प्रहरी हेडक्वार्टर आगलागी घटना: छानबिन गर्न डीआईजी थापाको नेतृत्वमा समिति गठन

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकभित्र सवारी शाखामा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

बुधबार राति सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो ।

आगलागी सुरु भएको केही समयमै जानकारी भएलगत्तै नियन्त्रणका सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा काठमाडौं महानगरपालिकाका दमकलहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाबाट मानवीय क्षति नभए पनि सवारीसाधन तथा अन्य भौतिक संरचनामा ठूलो आर्थिक क्षति पुगेको छ।

आगलागीका कारण कम्तीमा सात वटा सवारीसाधन पूर्ण वा आंशिक रूपमा जलेका छन्। केही सरकारी प्रयोजनका गाडीहरूमा समेत क्षति पुगेको बताइएको छ।

आलागीको वास्तविक कारण, क्षतिको यकिन विवरण तथा आगो कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।

थापा नेतृत्वको समितिलाई हदम्याद नतोकिए पनि सकेसम्म चाडो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077