Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लगातार छैटौँ दिन पनि बढ्यो नेप्से, ६ अर्ब ६७ करोडको कारोबार

लगातार छैटौँ दिन पनि बढ्यो नेप्से, ६ अर्ब ६७ करोडको कारोबार

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले बढेको छ। 

दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ७.२५ अंकले बढेर बन्द भएको हो।

नेप्से सोमबार ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२६ प्रतिशतले बढ्दै नेप्से २७२६.४९ विन्दुमा रोकिएको छ।
 
नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज नेप्से ३४३ कम्पनीको ७५ हजार १० पटकको कारोबारमा एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच भए। 

जसअनुसार ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भयो। सोमबार भने पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १०३ कम्पनीका सेयरमूल्य बढे। १६२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँच समूहको सूचक बढ्यो भने आठ समूहका सूचक ओरालो लागे।

जसअनुसार नेप्सेमा वाणिज्य बैंक समूहको सूचक ०.०९ प्रतिशतले बढ्दा‚ विकास बैंक ०.४०‚ फाइनान्स ०.६२‚ होटेल तथा पर्यटन ०.२३ र जलविद्युत् समूहको सूचक ०.०५ प्रतिशतले घट्यो।

यस्तै लगानी समूहको सूचक ०.४९ प्रतिशतले बढ्दा जीवन बिमा समूहको सूचक भने ०.१७ प्रतिशतले ओरालो लाग्यो।

उत्पादन तथा प्रशोधन समूहको सूचक ०.६४ प्रतिशतले बढ्दा लघुवित्त ०.०२‚ म्युचुअल फन्ड ०.७१ र निर्जीवन बिमा समूहको सूचक ०.१४ प्रतिशतले घट्यो।

यसैगरी अन्य १.२० र व्यापार समूहको उपसूचक भने २.८८ प्रतिशतले बढे।

नेप्सेमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतले आम्दानी गरे। यस्तै नबिल बैंकको डिबेन्चरका लगानीकर्ताले भने ७.४४ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज रिडी नै अगाडि रह्यो।  यसको १४ लाख ९७ हजार १६५ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ कायम रह्यो। 

केही दिनदेखि निरन्तर घटेको शेयर बजार नयाँ आवको शुरु दिनदेखि वृद्धि हुँदै गएको छ । मंगलबार सेयर बजार ७।२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077